पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु,२ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप १४ जनाको मृत्यु भएको छ। यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थप ८७२ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ६४४, ललितपुरका  १४१ तथा भक्तपुरका  ८७ जनामा संक्रमण पुष्टि भएको हो।

गत चौबीस घन्टामा ७ हजार ५ सय २५ पीसीआर तथा ११ सय ४३ एन्टिजेन परीक्षण भएको छ।