सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर सरकारी तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न आदेश दिएको थियो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ को सिफारिस अनुसार सरकारले मुख्य शहरी क्षेत्रको विद्यालय मात्रै बन्द गर्ने निर्णय गरेको हो ।