नेकपा एमालेमा अध्यक्ष र महासचिव बाहेक सबै पदहरु खारेज, महाधिवेशन आयोजक समिति गठन

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीका केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेक सबै पदहरु खारेज गरेर महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार बैठकले अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएको हो । बैठकले पार्टीको विधान शंशोधन पनि गरेको उनले बताए। आजकै बैठकले चैत ७ गते अर्को केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको गौतमले बताए ।

प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्षलाई जानकारी नै नदिई बैठक गरेका हुन्।
पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय सदस्य बनाउनेलगायतका निर्णय गरेको शुक्रबार बैठकबारे आफूहरूलाई कुनै जानकारी नै नभएको नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए।
बालुवाटारको बैठकले कर्णाली प्रदेशका इन्चार्ज रहेका ज्ञवालीको पनि जिम्मेवारी खोसेको छ।
सर्वोच्च अदालतको पुस २३ गतेको फैसलाले पहिला खारेज भइसकेका नेकपा (एमाले) र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो।

No description available.