प्रचण्डलाई जसपा नेता राजेन्द्र महतोले भने: हामी सधै अरूलाई मात्रै सहयोग गर्न जन्मिएका हौ र !

एमाओवादी मुख्यालय पेरिसडाँडामा दुई पार्टीबीच भएको पछिल्लो राजनीतिक अवस्थाबारेको छलफलमा नेकपा अध्यक्ष प्रचण्डले जसपाको सहयोग मागेपनि नेताहरुको रुखो जवाफले पहिलो गाँसमैं ढुंगा लागेको छ ।

जवाफमा जसपा नेता राजेन्द्र महतोले हामी सधै अरूलाई मात्रै सहयोग गर्न जन्मिएका हौ र भन्दै व्यङ्ग्य गरेका थिए।

छलफलपछि बाहिरिएका नेता महतोले भने,‘प्रचण्डजीले हामीलाई सहयोग गर्नुपर्‍यो भन्नुभयो। हामीले हामी सधै अरूलाई मात्रै सहयोग गरिरहने, हाम्रा मुद्दा र माग चै कसैले पुरा नगर्ने के हामी सहयोग गर्नका लागि मात्रै जन्मिएका हौर भनेर जवाफ दियौं।’

जनता समाजवादी पार्टीका वरिष्ट नेता महतोले रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेश/थारूहट आन्दोलनका मुद्दाहरू फिर्ता, संविधान संशोधन लगायतका सवालमा हामीलाई सहयोग गर्नेलाई आफूहरूको साथ रहने प्रचण्डलाई आश्वस्त पारेका थिए। बताएका थिए ।

 यी शासक, सम्भ्रान्तहरुलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी? मागहरु पुरा गरे हुन्छ नत्र हुँदैन। हामीले भन्दै आएका मागहरु जसले पुरा गर्छ त्यसप्रति सहानुभूति हुन्छ हाम्रो’, उनले भने, ‘रेशम चौधरी लगायतका मुद्दाच फिर्ता, मधेश/थरूहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सवालहरु आजको होइन नि, यो त पटक पटक राखेकै हो नि केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त। ठग्ने बाहेक केहि काम गरेको छ केपी ओलीले? काम गरेर देखाउनुपर्‍यो हामी साथ दिन्छौं।’त्यही मुद्धालाई लिएर पटक पटक प्रचण्डकहाँ पुगेका राजपा नेताहरुलाई आफ्ना मागहरु माओवादीको पक्षमा उभिंदा पुरा हुन्छ भन्ने विश्वास नरहेको सांसद प्रदीप यादवले प्रदेशखवरलाई बताए ।