बत्तीमुनीको अँध्यारोका रुपमा रहेको सिन्धुलीकोे गोलन्जोर गाउँपालिका वडा नं १ डुडभञ्ज्याङका २ सय घरधुरी लाई एक कार्यक्रमका बीच सोलार वितरण गरिएको छ ।
१ सय ११ औं अन्र्तराष्ट्रिय नारी दिवशको अबसर पारेर ग्रामीण सौर्य उर्जा विद्युतीकरण तथा महिला सशक्तिकरण परियोजना अन्र्तगत सेचेन–करुणा र उज्यालो घर प्रालिको प्राविधिक सहयोगमा सोलार वितरण गरिएको हो ।
हालसम्म विद्युतीकरण नभएको डाँडागाऊँ, विटार, ज्यामिरे, कटुन्जे र सिमलटारका गरिब विपन्न तथा आर्थिक अबस्था कमजोर रहेको समुदायका २ सय घरधुरी लाई सोमबार सौर्य विद्युत प्रणाली वितरण कार्यक्रमको आयोजना गरेर सोलार बितरण गरिएको सेचेन–करुणा सिन्धुलीका कार्यक्रम संयोजक कर्ण ठाडाले जानकारी दिए ।
उनले भने, “हामीले सोलार दुई प्रकारको लक्ष्य राखेर वितरण गरेको छौ एउटा सोलार बितरण गरेर विद्युतीकरण गर्ने र दोस्रो चाँहि स्थानीय महिलाहरु लाई प्राविधिक र ब्याबसायिक सिप सिकाएर ब्यावसाय स्थापित गरेर महिला सशक्तिरण गर्ने छौँ।” सोलारमा स्थानीय उभोक्ताको २० प्रतिशत लगानी र संस्थाको ८० प्रतिशत लगानिमा बितरण गरिएका छाँँ भने, प्रति परिवार २० वाट को सोलार प्यानल, ब्याट्री र २ वटा बत्ती समेत रहेको छ ।
गोलन्जोर गाउँपालिकाका अन्य वडाहरु पूर्ण रुपमा विद्युतीकरण भैसकेका छन । तर केन्द्रिय प्रसारण लाइनको पहुँच नपुगेको डुडभञ्ज्याङका नागरिकले सोलार पाएपछि केहि राहत मिलेको छ । सधैँ झैँ सल्लाको दियालो र टुकीको जोहो गर्नुपर्ने बाध्यता हट्ने बिश्वास गरिएको छ ।
साथै उज्यालो घर प्रालिले ४ जना स्थानीय महिलाहरु लाई सोलार जडान र मर्मत सम्बन्धी तालिम प्रदान गरेको छ । उनीहरु लाई मर्मत र जडान सम्बन्धी १५ दिनको प्राविधिक तालिम दिएको छ । संस्थाले दिएको उक्त सोलार तालिम प्राप्त महिलाहरुले जडान गर्नसक्ने भएका छन् ।






