सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले तराई र पहाडको सम्बन्धलाई मजबुद बनाउने विश्वास व्यक्त गरेकाछन् । विहिबार राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनको कमलामाई नगरपालिका २ कुसुमटारमा शिलान्यास गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भनेः ओलीलाई पस्न नदिए हुन्छ तर तपाईहरुका खेतमा केपी ओलीले पानी पसाउँछ, तपाईहरुका सुख्खा खेतलाई चिसो बनाईदिन्छ बनाईदिन्छ । प्रमुख अतिथिका रुपमा वोल्दै प्रधानमन्त्री ओलीले २ नं. प्रदेशका मुख्य मन्त्री लालबहादुर राउत मार्फत खबर पठाउन चाहान्छु, भन्दै अगाडि भनेः केपी ओलीलाई पस्न नदिए पनि हुन्छ तर पानी पस्न चाहि नरोक्नुहोला ।

ओलीले सुनकोशी मरिण डाईभर्सन वहुआयामिक आयोजना रहेको बताउँदै यो आयोजना भनेको टनेल खन्ने मात्र हैन, पावर हाउस चल्ने, नहर, सिंचाई, विद्युत निर्माण गर्ने काम गर्छ, यसले जमिन जंगलको संरक्षण गर्नुका साथै चुरे र मरुभूमि बनेको तराईलाई रिचार्ज पनि गर्छ ।
सुनकोशी मरिण डाइभर्सनसँगै सरकारले सुनकोशी कमला डाइभर्सनको आयोजना पनि तत्काल सुरु गर्ने बताए । सुनकोशी कमला डाइभर्सनले पनि १७० हजार विघा जमिन सिंचाई गर्ने र तराईका धनुषा, सिरहा सप्तरी सिंचित हुने उल्लेख गरे ।

दुई वटा आयोजनाले प्रदेश नं. २ का किसानहरुलाई फाइदा हुने बताएका ओलीले भनेः अब मलाई तराई जान नदिए हुन्छ । तराई त्यस्तो छैन, त्यहाँका जनताले देखि सकेकाछन् र बुझिसकेका छन, त्यसपछि राजनीतिक पार्टी चाहिदैन, जनताले आफै गेट बनाउँने छन् ।
सुनकोशी मरिण डाईभर्सन सजिलै सुरु गर्न सकिएकोमा खुशी व्यक्त गर्दै ओलीले ‘सिन्धुली र रामेछापबासीले यो मेरो खोला मेरो पानी भनेर नारा लगाउनु भएन । म तपाईहरुलाई धन्यावाद दिन चाहान्छु । यो देश हाम्रो हो, हामीले एक ठाउँको पानी अन्त लगेर, एक ठाउँको विजुली अन्त लगेर प्रयोग गर्नुपर्छ, प्रधानमन्त्री ओलीले अगाडि भने । ‘सिन्धुली, रामेछाप हाम्रो हो, सुनकोशी मरिण हाम्रो हो, वारा र रौतहट हाम्रै हों ।’ हामीले फेरेको सास कहाँ कहाँबाट आएर हामीले स्वास फेरीरहेका छौं, मान्छेले सक्थे भने त्यो पनि पर्खाल लाएर छेक्थे । प्रधानमन्त्री ओलीले भने । सुनकोशी मरिण डाइभर्सन निर्माणपछि बाग्मति प्रदेशलाई बगैंचामय बनाउने उद्घोष गरे । उनले भने ‘प्रदेश नं. २ मा बनजंगल कम छ, यसलाई हामीले फलफूलको बगैंचा बनाएर बगैंचामय प्रदेश बनाउँछौं ।’
‘आपँ, लिचि,मेवा र कटहरका बगैंचै बगैंचा बनाउँछौं, जसले गर्दा खेति पनि हुन्छ, वन पनि हुन्छ, हरियाली पनि हुन्छ, वातावरणको संरक्षण पनि हुन्छ र मरुभूमिकरणबाट देश जोगाईन्छ भन्दै प्रधानमन्त्री ओलीले अगाडि भनेः तराईमा फलफूलहरु विशाल मात्रामा उत्पादन गरि आयातकर्ता उपभोगकर्ता नभई निर्यातकर्ता देशका रुपमा नेपाललाई विकास गाउन सकिनेछ । ‘यो समय आउन धेरै कुर्नु पर्दैन । पाँच वर्ष भित्र आयातकर्ता हामीहरु उपभोगकर्ता मात्र हैन, उत्पादन र निर्यातकर्ता देश बन्ने छौं ।’

प्रधानमन्त्री ओलीले कमलामाई नगरपालिकाको धुराबजारदेखि खट्टारसम्मको अवरुद्ध सडक निर्माणका लागि बाटो वस्तीबाट अन्यत्रै मोडेर लान निर्देशन दिए । ‘शहरबाटै बाटो लानुपर्छ भन्ने छैन, शहर तर्काएर बाटो लानुस् । समस्या समाधान हुन्छ । सरकारले उचित मुआब्जा दिन मिल्ने जमिनको मुआब्जा दिन्छ ।’ उनले भने । ‘शहरलाई आवश्यक पिच गरौंला । आवश्यक सौन्दर्य गरौंला । शहरका घर भत्काई रहनुपर्ने आवश्यकता छैन । बाटो मोडेर लगे हुन्छ, अझै पनि समय छ त्यो काम गरिने छ ।’ उनँले भनेः ‘विवाद नगरेर बाहिरबाट बाटो लान, रुट बदल्न म सडक विभागलाई भनुँला । पूर्वाधार विकास मन्त्रीलाई भनुला, समस्या समाधान हुन्छ ।’













