सन्दर्भ ४० औं आजाद स्मृति दिवशः ऐतिहासिक पैदलमार्गको सहिद आजादका नाममा पुनरोत्थान

सुवास देवकोटा: संघीय सरकारको गतवर्षको बजेटमा सहिदआजादमार्ग नामाकरणसहित बजेट व्यवस्था भएपछि अहिले भीमान—तीनपाटन—धापचौकी—शुलीभञ्ज्याङ सडकको ट्रयाक खुलाउने काम तीब्र गतिमा चलिरहेको छ । डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) छिटै बन्दै गरेको झण्डै ४५ किलोमिटर लामो यो सडकमा यस वर्षकालागि परेको रु.४ करोडबाट ट्रयाक खुलाउन भीमान र शुलीभञ्ज्याङ दुवैतिरबाट मंसिर यतामात्रदुई पटक ठेक्का लागिसकेको छ र पहिलो ठेक्कापाएको टोलीले बाटो खन्नपनि थालिसकेको छ । यो बाटो निर्माण हेरिरहेको सडक विभाग खाल्टेका डिभिजन इन्जिनियर किरण कार्की ट्रयाक खुलाउन सक्दा स्थानीयले तत्कालै राहतपाउने भएकाले कार्यालयको जोड त्यसैमा रहेको बताउनु हुन्छ ।
सिन्धुली जिल्लाको दक्षिणी नाका भीमान सँग निकै पुरानो व्यापारिक सम्बन्ध रहेको तीनपाटनलगायत पहाडी भेगको सम्वन्धलाई पुनर्जिवित बनाउने तथा ओखलढुङगा, रामेछापलगायत पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने छोटो विकल्पदिने यो सडकले सिन्धुली जिल्लाको महाभारत भेगका उत्पादनलाई तराईको बजारसँग जोड्नेछ तथा त्यहाँको आर्थिक र सामाजिक अवस्थामा परिवर्तन ल्याउनेछ । सिन्धुलीका महत्वपूर्ण तीन फाँटमध्येको एक तीनपाटनलाई त यसले एकैपटक तराई र काठमाडौंसँग नजिकल्याउनेछ । नेपालीबाम—प्रजातान्त्रिकआन्दोलनका एक अगुवा सहिद ऋषिराज देवकोटा आजादको नामदिएर बन्दैगरेको यो बाटोको महत्वबारे यहाँ संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
इतिहासँगको नाता
चिनियाँ राष्ट्रपति सि जिनफिङले सन् २०१३ मापहिले इन्डोनेशिया र पछि कजाकास्तानमा ‘सिल्क रोड इकोनोमिक बेल्ट’ अर्थात रेशममार्ग आर्थिक क्षेत्रको अवधारणा ल्याए, जुन २०१६ पछि ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ मा परिणत भयो । चीनले पहिले रेशमसहित ब्यापार गर्न प्रयोग गरेको बाटो वा क्षेत्रलाई पुनरोत्थानगर्ने यसको सोच र योजनाथियो । यो अहिलेको आवश्यक्तालाई सम्वोधन त थियो नै, इतिहासप्रति सम्झना र गौरववोध पनिथियो । हाम्रो नेपालको प्रसङ्गमा कुरा गर्दा पनि इतिहासमा निर्माण भएका बाटोहरु यसै बनेका थिएनन्, सयौं वर्षको आवश्यक्ता, खोज र भोगाईको समुच्च परिणाम थिए । ती छोटा थिए, तीतत्कालिन बजारकालागि लक्षितथिए र ती प्राकृतिक कठिनाईसँग तुलनात्मक रुपमा तर्किन मिल्ने थिए । गहिरिएर हेर्ने हो भने अहिलेका अधिकांश आधुनिक बाटोहरुले ती पुराना बाटोहरुकै पदचिन्ह पछ्याएका छन् र पछ्याउदा सहज पनि भएको छ ।
आगामी वर्षकालागि नेपाल सरकारले बजेटमार्फत पारेको शुलिभञ्ज्याङ—धापचौकी—तीनपाटन—भीमान बाटोलाई पनि हामी यही आलोकमा हेर्न सक्छौं । यो इतिहासमा निकै चल्तीको बाटो थियो । चीनको तिब्बतबाट भारत छिर्न यो बाटो पनि प्रयोग भएको पाकाहरु सम्झिन्छन् । खासगरी, चीनमा सन् १९४९ मा कम्युनिष्ट क्रान्ति भएपछि तिब्बतमा चिनियाँ जनमुक्ति सेना प्रवेशपछिको शक्ति संघर्षमा पराजित दलाई लामा पक्षधरहरु लामावगर नाकाबाट खुर्काेट तथा शुलिभञ्ज्याङ हुँदै भारत लागेको उनीहरुको सम्झना छ । रामेछाप, ओखलढुङ्गा लगायत पहाडी जिल्लाबाट तराई जान धाप चौकी नाका प्रयोग हुन्थ्यो नै । चल्तीको नाक ाभएकाले नै यहाँ जाँच चौकी राखिएको तथा त्यहीकारण यहाँको भञ्ज्याङको नाममा चौकी थपिएको बुझन् सकिन्छ ।
इतिहासको पुनरोत्थान
हाम्रो गाउँ ठाउँका इतिहास र त्यसका विविध पक्षहरुबारे पर्याप्त अध्ययन भएको छैन । इतिहास भनेको मानव सभ्यताले आफूलाई अघि बढाउने क्रममा गरेका संघर्ष र सफलताको कथाहो । मानवजातिले प्रकृतिसँग राखेको सामञ्जस्यता र संघर्ष पनि इतिहासको अनिवार्य पक्षहो । मान्छेबीच बाँच्ने क्रममा भएका संघर्ष र श्रेष्ठताका लागि भएका छिनाझप्टी इतिहासको अर्काे रोचक पक्षहो । इतिहासले हामीलाई हाम्रो जरा बुझ्न सिकाउँछ तथा भावी बाटो तय गर्न सघाउँछ ।
संसारकै तथा हाम्रो पनि सभ्यता नदीसँग जोडिएको छ । हाम्रो आउजाउ नदीलाई पछ्याउँदै हुने गरेको पाइन्छ । बाटोहरु नदी किनार हुँदै भञ्ज्याङ पुग्ने रत्यो काटेर अर्काे नदी पछ्याउँदै फेरी बढ्छन् । सिन्धुली जिल्लाका पुराना र चल्तीका बाटोहरुलाई गहिरिएर हेर्ने होभने पनिहामीयही सत्य पाउँछौं । माथीउल्लेखित बाटोको प्रसङ्गमा पनि कोशीकिनाराको शुलिभञ्ज्याङबाट वितिजोर खोलाहुँदै धापचौकी भञ्ज्याङ पुग्ने अनिओरालो झरेर फेरी चदाहा किनार समातेर रानीचुरी कट्दै भीमानपुग्ने गरिन्थ्यो । भीमानबाट रानीबासहुँदै चुरे कटेर तराई जाने बाटो पहिले चल्ती रहेकोमा पछिरातु खोलाहुँदै तराई जानथालियो । यो सरकार बनेदेखि नै सानो मात्रामाभएपनि बजेटमार्फत यो पुरानो बाटोलाई पुनर्जागरण गर्ने योजनाकार्यान्वयनहुनथालेको हो । यसपटकभने बैकल्पिक सहायक राजमार्गका रुपमा यो बाटोले महत्वपायो ।
यसको महत्व
प्रदेश नम्बर दुईको बर्दिबास निर्माणाधिन पूर्व पश्चिम रेलमार्गको मध्यविन्दु तथा रेलमार्फत भारतको जयनगरसँग जोडिने ठाउँ परेको हुँदा पनि अहिले सर्वाधिक विकास हुँदै गरेको तराई मधेसको ब्यापारिक स्थानहो । माथि उल्लेखित बाटोले सिन्धुलीका पहाडको पहुँच बर्दिबास पु¥याउँछ । यसले त्यहाँका उत्पादन तराईको बिशाल बजारमापुग्न सहज हुने भयो तथा यो सबै प्रक्रियाले पहाडी क्षेत्रको आर्थिक गतिविधी बढाउँदै त्यहाँका मानिसको जिवनस्तरमा सुधार हुने भयो । सिन्धुलीको उब्जाउ फाँट तीनपाटनका लागि पनि यो बाटो बहुउपयोगी बन्नेछ ।
यो बाटोको महत्व सिन्धुलीमा मात्र सिमित छैन, रामेछापको पूर्वी भेग, ओखलढुङ्गा सोलुखुम्बुलगायत पहाडी जिल्लालाई बर्दिबास बजारसँग अहिलेको भन्दा झण्डै ४० किलोमिटर नजिक लैजान्छ । चियाबारी सुरुङ मार्ग बदिसक्दापनित्यति दुरी नघटाउने हुँदापूर्वी पहाडका लागि यो नै छोटो मार्ग हुनेछ । भित्री मधेसमा तीब्र गतिमा बनिरहेको मदन भण्डारी लोकमार्गसँग सिन्धुलीका पहाड र पूर्वी पहाडी जिल्लालाई जोड्नु यसको महत्वपूर्ण पक्ष त छँदैछ ।
यो बाटो छिटो निर्माण भएचियाबारी सुरुङमार्ग निर्माण नहुँदासम्म रामेछाप, दोलखालगायत काठमाडौंसम्म ठूला मालवाहक र यात्रुबाहक गाडी चल्नपनियसले सहजबनाउनेछ । अबदुई लेनभन्दा सानो बाटो नबनाउने सरकारले घोषणा गरिसकेको हुँदा यो बर्दिबास—धुलिखेल अर्थात बिपी राजमार्गजस्तो साँघुरो हुनेछैन । बाटोले आउँजाउँ सँगै बाटोमा पर्ने अनेक ठाउँमा साना ठूला बजार विकास हुने तथा त्यहाँका आर्थिक गतिविधीले रोजगारीका अनेक सम्भावना साकार हुनेछ । जसले, मानिसको जिवनस्तरमा सुधार ल्याउने छ ।
यसको एउटा सुरुवातबिन्दू भीमानहो, जुन सहिदऋषिराज देवकोटा आजादले सहादतवरण गर्नुभएको स्थानहो । जनताको अधिकारकालागि, स्वतन्त्रताकालागि र उन्नत समाज निर्माणका लागि जिवन बलिदानगर्ने सहिदको योगदान स्मरणीय बनाउन मानवनिर्मित संरचनाहरु उनीहरुका नाममा नामाकरण गरिनु उपयुक्त हुनेहुँदा यो बाटोलाई पनि ‘सहिद आजादमार्ग’ नामाकरणको प्रस्ताव गरिएको हो । भौतिकपूर्वाधार मन्त्रालयले यसको प्रस्तावतयार पारेको छ, जसलाई मन्त्रिपरिषदले निर्णय गर्न बाँकि छ ।
विकासको विषय
कोरोना कहरकाकारण यो वर्ष सरकारले घोषित नीति अनुसार पूर्वाधार निर्माणमा पर्याप्त रकम विनियोजन गर्न सकेन भन्ने सबैले बुझेकै विषय हो । तर, यो कहरको कुनै न कुनै हिसाबले बैठान हुने नै छ र नेपालले फेरी अघि बढ्नुपर्ने पूर्वाधार निर्माणतर्फ नै हो । किनभने, सबै कुराको विकास भौतिकपूर्वाधार निर्माण नभई सम्भव छैन भन्ने इतिहासले र विश्वका अनुभवहरुले पनि पटक पटक प्रमाणित गरेका छन् । यस कारण, हामीले हाम्रा सोच र योजनात्यता केन्द्रित गर्न सक्दा मात्र जिल्लालाई अघि बढाउन सक्छौं भन्ने बुझ्नु पर्छ ।
चीन र भारत आगामी समयका विश्व शक्तिहुन् र हामी उनीहरुको बीचमा छौं । उनीहरुको विकाससँग आफूलाई जोड्न नेपालले तीदुवै देशसँग सडक र रेलमार्ग निर्माण गरेर जोडिने प्रयत्नगर्दैछ । र, यस क्रममा उत्तर दक्षिण जोड्ने अनेक सडक मार्गहरुको चर्चा छ र ती निर्माण पनि हुँदैछन् । तर, तीदुवै देश जोड्ने पहिलेदेखि चालु नाकाहरु हाम्रो क्षेत्रमा भए पनि हामी थाहानपाए जसरी बसिरहेका छौं ।
दोलखामा पर्ने लामावगर हाम्रो उत्तरी नाका हो र जलेश्वरको भिट्टामोड हाम्रो क्षेत्रको दक्षिणी नाका । यीदुवै नाकाइतिहासदेखि नै चल्तीमा छन् । र, यीनाकाजोडिदा सिन्धुलीलाई बाहेक पार्न सम्भव छैन भन्ने बुझिएकै कुरा हो । अहिले नै पनि चरिकोटको भिमेश्वरबाट सिंगटी हुँदै लामावगर पुगिन्छ भने सिन्धुलीहुँदै चरिकोट तराईसँग जोडिइसकेको छ । तामाकोशी नदिको शिरमा रहेको लामावगरसम्मको दुरी छोट्याउने हो भने अहिले चालू बाटोको सट्टामा तामाकोशीको किनारै किनार बाटो निर्माण गर्नुपर्ने हुन्छ । र, जान्नेहरुका अनुसार के भन्न सकिन्छ भने यो बाटो अहिले चर्चामा आएका चीन र भारत जोड्ने कुनै बाटो भन्दा लामो हुनेछैन, बरु छोटो नै हुनेछ ।
गडतीर, महाभारत र भित्रीमधेशका उब्जाउ भूमिभएर पनि पंचायतकालभरी सिन्धुली जिल्ला राजनीतिक उच्च पहुँच नहुँदा पछि पर्यो । तीन वटा राष्ट्रिय राजमार्गहरु बन्दै गरेकाले सिन्धुली अहिले विकासको सम्भावना पक्रने क्रममा छ । यसलाई अझतिब्र बनाउन चीन र भारत जोड्ने मार्गको पहल हाम्रो लागिउपयुक्त हुनसक्छ । सिन्धुली, रामेछाप र दोलखाका राजनीतिक नेतृत्व यसतर्फ लाग्ने कि ?