गौरीबजार, मधुटार ग्वाङ्खखोला पुलको शिलान्याश गरिएको छ । आज एक औपचारी कार्यक्रमका विच बागमती प्रदेशसभासदस्य विनोद खड्काले पुलको शिलान्याश गर्नु भएको हो । बागमती प्रदेशको ३ करोडा ५६ लाख ३ हजार ७५ रुपैया ७१ पैसा लागतमा पुल निमार्ण सुरु गरिएको हो । ०७७ पुष २१ गते गल्वा धुलीखेल सिर्जना जेभि बानेश्वर काठमाडौ सँग सम्झौता गरि पुल निमार्ण कार्य सुरु गरिएको जनाइएको छ । ०७८ पुष २१ गते निमार्ण सम्पन्न गरिने सम्झौता भएको बागमती प्रदेश सभा संसाद विनोद कुमार खड्काले बताउनु भयो । पुल निमार्णमा गुणस्थरिय सामाग्री प्रयोग गर्न सासंद खड्काले निमार्ण व्यवसायीलाई आग्रह गर्न भएको छ । समाजसेवी डिलिप जङ्ख थापाको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य विनोद कुमार खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्री , सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेल, कमलामाई नगरपािलका वडा नम्बर ६ का वडा अध्यक्ष उज्जल थापा, वडा नम्बर ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का लगाएत स्थानियको उपस्थिति रहेको थियो ।