सहिद ऋषिराज देबकोटाको स्मृति दिवशमा सिन्धुली अस्पतालका विरामीलाई फलफुल बितरण

निरंकुशता विरुद्ध लड्दै सिन्धुलीमा कम्युष्टि पाठशालाका रुपमा चिनिएका महान सहिद ऋषिराज देबकोटा आजादको ४० औं स्मृति दिवशका अबसरमा आज विहान सिन्धुली जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल बितरण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी कमलामाई नगरसमितिद्धारा आयोजित फलफुल वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी, केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्ज उमादेवी कोइराला, केन्द्रीय सदस्य एवम् जिल्ला सचिव प्रदीप कटुवालले एकै साथ इमरर्जेन्सी कक्षका विरामीहरुलाई फलफुल वितरण गरेका थिए ।

May be art of 1 person


सिन्धुलीको कम्युनिष्ट आन्दोलनका अग्रणी नेता एवम् महान सहिद ऋषिराज देबकोटाको नाममा हामीले तपाईहरुलाई फलफुल बितरण गरेका हौं भन्दै माननीय प्रदीप कटुवालले हातमा फलफुलको पोका थमाउँदा विरामीहरु चकित भएका थिए । अस्पतालको प्रसुती कक्ष र महिला पुरुष कक्षमा रहेका सम्पूर्ण विरामीहरुलाई नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व सांसद शंकरनाथ शर्मा, प्रदेश सांसद विनोद खड्का, खड्का, नेकपाका कमलामाई नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा, महलिा नेतृ रस्मिला देवकोटालगायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
कार्यक्रमको शुभारंभगर्दै नगरइन्चार्ज महेन्द्रदेव श्रेष्ठले सहिद देवकोटाले सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको स्मरण गरेका थिए ।
भोली नेकपा जिल्ला संगठन संगठन समितिले भोली आजादनगर भिमानमा कार्यक्रमको आयोजना गरेको कमलामाई नगरसचिव कृष्णहरी घिमिरेले जानकारी दिए ।

No description available.