ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपर्दा आफू लज्जित भएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले २१औं शताब्दीमा समेत शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो भन्ने पत्ता लगाउन विदेशतिर लाग्नु पर्दा लज्जित र दुखित भएको बताएका छन् ।
भट्टराईले लेखेका छन् ,’मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू ! अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित र दुस्खित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु! सामान्य नागरिकको के होला ?
धन्यवाद,@gaunkomanchhey र मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू!अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दु:खित छु।२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु!सामान्य नागरिकको के होला?