अनेरास्ववियु सिन्धुलीको विस्तारित बैठक एवम् जिल्ला भेला सकियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला भेला तथा विस्तारित बैठक सिन्धुलीमाढीमा सकिएको छ ।

May be an image of 4 people, people standing and people sitting
May be an image of 2 people, people standing and people sitting
May be an image of 6 people, including Devraj Waiba and Guna Bikram Kuwar, people standing and people sitting

अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य समिक वडालको प्रमुख आतिथ्यतामा जारी कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष प्रदीप कटुवाल, केन्द्रीय सदस्यहरु उमा कोइराला, शान्तिमान कार्की, केशव देवकोटा, डम्बर कार्की, ध्रुब देवकोटा, सुवास देवकोटा, कलामाई नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, सचिव कृष्णहरु घिमिरे, प्रेस संगठन सिन्धुलीका संयोजक बुद्धकुमार अच्छामीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

विस्तारित भेलाले कृष्ण मोक्तानको अध्यक्षतामा नयाँ जिल्ला संगठन समिति चयन गरेको छ । समितिको उपध्यक्षमा यतिराज तिमिल्सीना र दुर्गा भुजेल, सचिवमा सन्तोष कार्की, सह सचिवमा सरोज थापा, प्रशान्त लुंगेली, अजय लामा, करिण कार्की, शंकर ढुंगाना र लोकेन्द्र बोगटी र कोषाध्यक्षमा पार्वती दाहाल चयन भएकाछन् ।

May be an image of one or more people and people standing
May be an image of 1 person
No description available.