काठमाडौ/नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनको प्रथम राष्ट्रिय सम्मेलन फागुन ८ गते राजधानी काठमाडौमा हुने भएको छ । राष्ट्रिय पुँजी र पेशागत सुरक्षाका लागि सम्पूर्ण यातायात श्रमिकहरु एक होऔं भन्ने मुल नाराका साथ राष्ट्रियसभामा हुने सम्मेलनको नेकपाका नेता एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार यातायात क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सक्रियता देखाउँदै आएको संगठनले सरोकारवाला निकायसमक्ष विभिन्न २६ सुत्रीय मागपत्र पेश गरेको र कोरोना संक्रमणपछि सिंगो यातायात क्षेत्र धरासायी हुने अबस्थामा पुगेका बेला राष्ट्रिय सम्मेलनले नयाँ दिशा दिएर अगाडि बढ्ने विश्वास दिलाएका छन् ।
मन्त्री भट्ट प्रमुख अतिथी र युवा मन्त्री दाबा तामाङ विषेश अतिथी रहनुभएको सो कार्यक्रममा देशैभरबाट १५ सय प्रतिनिधी पर्यवेक्षकहरु सहभागी हुने आयोजकले जनाएकाछन् ।
