भारतकाे इसारामा राष्ट्रवादी सरकार अपदस्त गर्न खाेजियाे- केन्द्रीय सदस्य कार्की

सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् ।

जनताकै पक्षमा काम गरिरहदा पनि अबसरवादीहरूले प्रधानमन्त्री बिरूद्द अबिस्वासकाे प्रस्ताब ल्याउन खाेज्दा संसद बिघटन गर्नु परेकाे उनकाे भनाई थियाे । भारतीय शासककाे सुरक्षामा बसेर नेपालमा रक्तपात मच्चाएका प्रचण्ड भारतीय एजेन्ट भएकाे पुष्टि हुने समेत बताए । प्रचण्ड पैसा र परिवारवादमा चलेकाे उनकाे आरोप थियाे ।

सुर्य चिन्हकाे सन्दर्भमा बाेल्दै नेता कार्कीले जस्ले ईतिहास र भाव बाेकेकाे छ उसैले सुर्य चिन्ह प्राप्त गर्ने बताए । सुर्य चिन्ह ओली नेतृत्वकाे नेकपाले नै पाउनेमा ढुक्क रहेकाे बताए । भेलामा अाफ्नाे बिचार राख्दै फिक्कल गाउँपालिका ईन्चार्ज खड्ग रजन मगरले फिक्कलकाे बिकासकाे लागि बिभाजन हाेईन एकता नै अाबश्यक्ता रहेकाले नेकपाकाे सिंगाे टिम एकै ठाउँ रहेकाे बताए । उनले राष्ट्रियता, जनजिविका र जनसमस्या समाधानमा अब्बल साबित भएकाे सरकारलाई अपदस्त गर्न खाेजेर यथास्थितीवादी र अबसरवादीहरूले पार्टी बिभाजन गरेकाे बताए ।

No description available.

आगामी दिनमा बिभाजनकारीहरू नराम्राेसँग पराजित हुने इन्चार्ज मगरले दाबि समेत गरे । त्यस्तै भेलालाई सम्बाेधन गर्दै फिक्कल गाउपालिका अध्यक्ष धन बहादुर कार्कीले फुटेर हाेईन जुटेर अाफ्नाे गाउँ बनाउन लाग्न सबैलाई आग्रह गरे । केपी ओलीले नेतृत्व गरेकाे पार्टीनै संस्थापक पार्टी भएकाले फुटकाे पछि नलाग्न कार्यकर्ताहरूलाई उनले सुझाए । बिधुत, शिक्षा, खानेपानि लगायतकाे बिकासले नै गाउँपालिकालाई सबृद्दि तर्फ लाने भएकाले त्यसतर्फ गम्भीर भएर गाउँपालिका लागिरहेकाे अध्यक्ष कार्कीले बताए । भेलालाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सचिवालय सदस्य तथा फिक्कल गाउँपालिका ईन्चार्ज खड्ग रजन मगर, गाउँपालिका अध्यक्ष रामप्रसाद भण्डारी, प्रेस संगठन नेपाल जिल्ला संयाेजक बुद्दकुमार आच्छामी, गाउँपालिका सचिब हेमप्रसाद पहाडी, जिल्ला सदस्य संकर भण्डारी, टेकबहादुर रजन मगरले मनतब्य ब्यक्त गरेका थिए । भेलाले वडा कमिटी सदस्य इश्वर बिककाे आमा चन्द्रमायाँ बि.क.काे २०७७ माघ ३० गते भएकाे निधन प्रति दु:ख ब्यक्त गर्दै शाेक प्रस्ताब समेत पारित गरिएकाे वडा कमिटी अध्यक्ष कुलेन्द्र रानाले जानकारी दिए । वडामा नेकपा बिभाजनकाे कुनै असर नपरेकाे र भेला उत्साहका साथ सम्पन्न भएकाे अध्यक्ष कुलेन्द्र रानाले बताए । २०७५ जेठ ३ गते नेकपा(एमाले) र माओवादी केन्द्र बिच पार्टी एकता पश्चात बनेकाे गाउँपालिका स्तरकाे कमिटीमा अन्य स्थानमा बिभाजन भएपनि फिक्कल गाउपालिकामा भने बिजाजित भएकाे छैन भने निर्वाचित नेकपाका जनप्रतिनिधी समेत मुल प्रवाह ओली नेतृत्वकै पार्टीमा रहेका छन ।

No description available.