सरकारले प्रतिनिधीसभा बिघटन गरि ताजा जनादेशका लागि २०७८ बैशाख १७ र २७ मा निर्वाचनकाे घाेषणा गरेसँगै संस्थापन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला निर्वाचनकाे तयारीमा हाेमिएकाे छ । निर्वाचनकाे तयारी सँगै गाउँपालिका स्तर र वडा स्तरमा पार्टी कमिटी सुदृढ तथा जनसम्बन्ध बिस्तारका गतिबिधीलाई तिब्रता दिईएकाे नेकपा फिक्कल गाउपालिका ईन्चार्ज खड्ग रजन मगरले जानकारी दिए । पार्टीले गाउँपालिका स्तरकाे भेला सम्पन्न गरि यसै साता भित्र सम्पुर्ण वडाकाे वैठक तथा भेला सम्पन्न गरि जनपरिचालनका गतिबिधी अगाडि बढाउने निर्णय गरिएकाे नेकपा फिक्कल अध्यक्ष राम प्रसाद भण्डारीले बताए ।
उनले फिक्कल गाउँपालिकामा नेकपा बिभाजनकाे कुनै असर नरहेकाे र एकढिक्का नेकपा जनता तथा कार्यकर्ताहरूकाे अपेक्षा रहेकाे बताउँदै आगामी निर्वाचनमा पार्टी बिभाजन गर्नेहरूकाे हालत खराब हुने समेत दाबि गरे ।- बुद्धकुमार अच्छामी, रत्नावती