ट्याक्सी जलाइएपछि व्यवसायीको विरोध प्रदर्शन

आमहड्तालका नाममा ट्याक्सी जलाएको विरोधमा ट्याक्सी व्यवसायीहरुले शनिबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

गत बिहीबार नेकपाको प्रचण्ड नेपाल समूहको आमहड्तालका क्रममा काठमाडौँमा एक ट्याक्सीमाथि आगजनी गरिएको थियो । यात्रु बनेर चढेका मानिसले पेट्रोल छर्केर आगजनी गरेका थिए।

लगातार रुपमा ट्याक्सी व्यवसायी र चालकहरुमाथि भएको निन्दनीय घटनाको विरोधमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले विरोध प्रदर्शन गरेको हो।