नेकपा बागमतिले दियो प्रधानमन्त्रीदेखि सर्वसाधरणलाई धन्यवाद

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमति प्रदेश संगठन कमिटीले काठमाडौंको दरवारमार्गमा शुक्रवार आयोजित बिशाल जनसभा सफल पारी चुनावको पक्षमा स्पष्ट जनादेश दिएको भन्दै धन्यवाद दिएको छ ।

बागमति अध्यक्ष आनन्दप्रसाद पोखरेलले आज बिज्ञप्ती जारी गरी सभा सफल पार्न महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीदेखि सहभागी सवै जनसमुदायलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको हो ।
नेकपा बागमतिले शुक्रवार दरवारमार्गमा आयोजना गरेको जनसभामा अहिलेसम्मकै सवैभन्दा धेरै सहभागिता रहेको थियो । सो ऐतिहासिक जनसभा सफल पार्न लागेको भन्दै अध्यक्ष पोखरेलले धन्यवाद दिनुभएको हो ।

यस्तो छ विज्ञप्तीको पूर्ण पाठ

काठमाडौंको नारायणहिटी गेट अगाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीद्वारा २३, माघ २०७७ मा ‘अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधिनता, ताजा जनादेश, विकासको निरन्तरता’ भन्ने मुल नाराका साथ विशाल जनसभा सम्पन्न भयो ।व्यस्तताका बाबजुद सम्माननीय प्रधानमन्त्री एवं श्रद्धेय अध्यक्ष क. केपी शर्मा ओलीद्वारा गरिमामय विशाल जनसभालाई सरकारले गरेका काम भावी योजना तथा पार्टीको काम र भावी योजनासहित सम्बोधन गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

यसैगरी स्थायी कमिटीका सदस्यत्रयले व्यस्तताका बाबजुद पनि जनसभालाई सम्बोधन गर्नुभएकोमा आभारी छौं । हाम्रो निमन्त्रणालाई स्विकार्दै यस विशाल जनसभाको गरिमा बढाई सभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरु, स्थायी कमिटीका सदस्य एवं केन्द्रीय कमिटीका सदस्य कमरेडहरु, प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीहरु, राष्ट्रियसभाका माननीय सदस्यहरु, निवर्तमान प्रतिनिधि सभाका सदस्यहरु, काठमाडौं माहनगरपालिकाका मेयर, प्रदेश सभाका माननीय सदस्यहरु सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञपान गर्दछौं ।

कार्यक्रमलाई व्यवस्थित मर्यादित बनाउन शारीरिक र मानसिक रुपमा अत्यन्त महत्वपूर्ण योगदान गर्नुहुने स्वयम् सेवक कमरेडहरु जसले मञ्च व्यवस्थापन, र्याली व्यवस्थापन र जनसभा मर्यादित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा आभार तथा धन्यवाद व्यक्त गर्दछौं
व्यस्तताका बाबजुद महत्वपूर्ण समय दिएर कार्यक्रमलाई भव्य र सभ्य बनाउन, पार्टीको धारणा र पार्टी प्रतिको आस्था र विस्वासका साथ सभामा सहभागी हुनभएका सम्पूर्ण जनसमुदायप्रति हार्दिक नमनका साथ आभार व्यक्त गर्दछौं । बागमती प्रदेश अन्तर्गतका निर्वाचित जनप्रतिनिधिहरु र विसाल जनसभामा ऐक्यवद्धता जनउनुहुने अन्य प्रदेश संगठन कमिटी, नागरिक समाज र पार्टी प्रतिनिधि र जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

कार्यक्रमको घोषणा भएदेखि विशाल सभाको प्रत्यक्ष प्रसार तथा समाचार सम्प्रेशण गर्नु हुने सञ्चार संस्था तथा सञ्चारकर्मीहरुमा हार्दिक धन्यवाद । यसैगरी युवसंघ नेपाल, ट्रेड युनियन महासंघ, अनेरास्ववियु, खेलकुद महासंघ, मदन भण्डारी स्पोर्टस् एकेडेमीहरुले गरेको स्वमयसेवक र यसको व्यवस्थापन लागि हार्दिक आभार व्यक्त गर्दछौं । जनसांस्कृतिक महासंघको मञ्च र र्यालीमा आकर्षक साँस्कृतिक कार्यक्रम र जनजाति महासंघले गरेको साँस्कृतिक झाँकी सहितको र्यालीको लागि हार्दिक आभार व्यक्त गर्दछौं ।

युवा संघ नेपाल, ट्रेड युनियन महासंघ, अनेरास्ववियु, खेलकुद महासंघ, सम्पर्क मञ्चहरु, पेशागत महासंघ, अनेमसंघ, अखिल नेपाल किसान महासंघ, मुस्लिम समुदायहरु, प्रेस संगठनको विशाल र्याली सहित सभामा उपस्थितिको लागी सम्पूर्ण जनसंगठनहरुमा हार्दिक धन्यवाद । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले जनसभामा ५ वटा स्वस्थ्य स्टल राखेर महत्वपूर्ण सहयोग गर्नु भएकोमा आभारी छौं । बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्ला कमिटीका अध्यक्ष लगायत कमिटीहरु, उपत्यका विशेष जिल्ला कमिटीका अध्यक्षलगायत जिल्ला कमिटीको पहलमा भएको हजारौको उपस्थिती र यसलाई सफल बनाउन खेल्नु भएको महत्वपूर्ण भूमिकाका लागि हार्दिक आभार व्यक्त गर्दछु ।

उपत्यका ट्रफिक महाशाखा, नेपाल सरकारको सुरक्षा निकाय नेपाल प्रहरी, ससस्त्र प्रहरी, काठमाडौं महानगरपालीकाको महत्वपूर्ण सहयोग र सदभावका लागि हार्दिक धन्यवाद । यसैगरी दरबारमार्गका व्यवसायीहरुको सौहादपूर्ण व्यवहार साथ सहयोगको हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । ड्रोन संचालनदेखि विभिन्न प्रविधिक सहयोग, मञ्च निर्माण तथा साउण्ड सिस्टमको व्यवथापन गर्नेहरु प्रति आभारी छौं ।

जनसभाको कारण काठमाडौंको ट्राफिक जामका कारण आवत जावतमा असहज अवस्थामा पनि सहजताका साथ कार्यक्रम सफल बनाउन समर्थन र सदभावसहित सहयोग गर्नु हुने काठमाडौं उपत्यकाबासी सम्पूर्ण जनसमुदाय प्रति हार्दिक धन्यवाद । अन्तमा ः यस विशाल जनसभामा उपस्थित सम्पूर्ण जनसमुदाय र प्रत्यक्ष तथा परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण संगठन तथा व्यक्तिहरु प्रति हार्दिक धन्यवाद ।

आनन्दप्रसाद पोखरेल
अध्यक्ष