हरिहरपुरगढी गाउँपालिका ५ सिमरास पाखामा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
हरिहरपुरगढी २ बख्बरबाट मरिण गाउँपालिका २ को रातोमाट जाँदै गरेको जन्ती बोकेको ना ५ त ५३५६ नं ट्र्याक्टर शुक्रबार दुर्घटनामा परी मरिण गाउँपालिका २ का २५ वर्षीय प्रताप लोको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका चार जनालाई हेलिकप्टरबाट काठमाडौं पुर्याइएकामा वीर अस्पतालको ट्रमा सेन्टरमा केही समयपछि लो को मृत्यु भएको छ । ट्याक्टरमा ३४ जना जन्ती सवार थिए । दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई पनि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ ।












