५ लाख भारुसहित मनी चेन्जर सञ्‍चालक पक्राउ

प्रहरीले ५ लाख ८४ हजार अवैध भारतीय रुपैयासहित वीरगन्जका एक मनी चेन्जर सञ्‍चालकलाइ पक्राउ गरेको छ।

अवैध भारतीय रुपैयाँ सहित पक्राउ पर्नेमा बीरगंज महानगरपालिका ९ स्थित रहेको मनोकामना मनी चेन्जरका सञ्‍चालक गोपाल प्रसाद सोनार रहेका छन्।

विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले मनी चेन्जर संचालक सोनारलाइ अबैध भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो।

उनको साथबाट प्रतिवन्धित भारतीय रु.५ सयको नोट १ हजार १ सय १५ थान गरी रु.५ लाख ५७ हजार ५ सय, प्रतिवन्धित भा.रु.२ सयको नोट ७० थानमा रु.१४ हजार चौध हजार साथै प्रतिवन्धित उक्त भारतीय नोटहरुसँगै गैर कानूनी रुपमा कारोबार भईरहेको भा.रु.१०० को नोट ४१ थानमा रु. ४ हजार १ सय, भा.रु.५० को नोट १७० थानमा रु.८ हजार ५ सय गरी जम्मा ५ लाख ८४ हजार १ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ।

साथै नेपाली रु ३ लाख ९२ हजार नगद,दुई वटा सिम र एक थान मोबाईल पनि बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए।अवैध रकम सहित पक्राउ परेका कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पाण्डेले बताए।