माधव नेपाल नेतृत्वको नेकपाका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिएरै कार्यालयबाट फर्किएका छन्।
यो समूहले नेकपाको दुवै पक्षसँग गर्न लागिएको छलफललाई केही दिन पर सार्न आयोगलाई आग्रह गरेको छ।
दुवै अध्यक्ष माधवकुमार र नेपाल पुष्पकमल दाहाल उपत्यका बाहिर रहेको र आयोगको छलफलमा अध्यक्षद्वयले नै भाग लिन चाहेकोले केही दिन पर सार्न आग्रह गरिएको पत्र बुझाएर नेताहरु फर्किएका छन्।
उक्त पत्र बुझाउन नेताहरु लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान निर्वाचन आयोगको कार्यालय पुगेका थिए।
आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रबारे छलफल गर्न नेकपाको दुवै पक्षलाई बोलाएको थियो ।