प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्तैनन्ः नेकपा नेता धुर्व देवकोटा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका नेता धुर्व देवकोटाले पुष्पकमल दाहाल प्रचण्डबाट अब नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व हुन नसक्ने बताएका छन् ।
नेकपा कमलामाई नगरकमिटी वडा नं. ६ द्धारा आयोजित बिस्तारित बैठक एवम् भेलालाई सम्वोधनगर्दै नेता देवकोटाले सो कुरा बताएका हुन् । पार्टी एकताको कार्यदेश बिपरित बहुमतका नाममा आफ्नै पार्टीका अध्यक्षले नेतृत्व गरेको सरकारलाई असफल पार्ने र धेराबन्दी गरेर आम जनतालाई निराश बनाउने काम गरेको बताउँदै जनयुद्धको नेतृत्व गरेका दोस्रा अध्यक्ष प्रचण्डबाट नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व हुन नसक्ने ठोकुवा गरेका हुन् ।

No description available.


आफ्नै पार्टीको सरकारलाई असफल पार्ने र पार्टी बिभाजनका लागि योजना बनाएर मुलुकलाई अस्थिरताको बाटोमा लैजाने प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको कार्यलाई कदापी स्वीकार्न सकिन्न, नेता देवकोटाले अगाडि भन्नुभयो ।
पार्टी र चुनाव चिन्ह दावीगर्दै सडकमा गरिएको आन्दोलन वारे टिप्पणीगर्दै देवकोटाले भने–जो व्यक्ति घर छोडेर हिँडेका छन् उनीहरुले सडकमा गएर मेरै हो भनी दावी गर्नु साँस्यास्पदछ । ‘दुईबाट एक कहिल्यै हुन सक्तैन, तर एकबाट दुई हुनसक्छ ।’ त्यसैले घरभित्रै रहेका केपी ओलीले नेकपालाई अनुशासित,चुस्त र दुरुस्त ढंगले पार्टी सञ्चाल गर्न सक्छन् तर दुई अध्यक्ष भएका प्रचण्ड र माधवले पार्टी सञ्चालन गर्न सक्तैनन् ।
विगतमा पनि प्रचण्डबाट नेपाली जनताले धोखा पाएको प्रसंग उल्लेखगर्दै जनयुद्धका सपनाहरु सबै समाप्त पारिएको दावी गरे ।

No description available.


कार्यक्रमलाई नेकपाकी केन्द्रीय सदस्य उमा कोइराला, जिल्ला सदस्य नवरा थिङ, कमलामाई नगरकमिटी अध्यक्ष महेन्द्र श्रेष्ठ, सचिव कृष्णहरी घिमिरे लगायतले सम्वोधन गरेका थिए । नेकपा ६ नम्वर अध्यक्ष घनश्याम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केदार देवकोटाले गरेका थिए ।

No description available.
No description available.
No description available.

बलवीर भुजेलबाट