फिक्कल नेकपाले दियो पार्टी एक ढिक्का भएको सन्देश

सत्तारुढ नेपाल कमिन्युुष्ट पार्टी (नेकपा) जिल्ला सम्मेलन अयोजक कमिटीहरुको फिक्कल गाउँपालिकामा सपथ ग्रहण सम्पन्नभएको छ ।
नेकपा केन्द्रीय सदस्य शान्तीमान कार्कीले एक भव्य कार्यक्रमका बीच गाउँपालिकाबाट मानोनित सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
सपथ ग्रहण गराउदै नेता कार्कीले नेता तथा कार्यकर्ताहरुलाई आगामी बैसाख महिनामा हुने प्रतिनिधी सभाको निर्वाचनको लागि एकमना एकताको साथ लाग्नको लागि आग्रह गरे । नेता कार्कीले पूर्व सांसद गणेश पहाडी लाई चोइटिएर भएको लोभी पापीहरुको समूहमा नलाग्न र नेकपाको मूल प्रवाहका लाग्न अपील गरेका थिए ।
उनले नेकपा केन्दीय सदस्यसमेत रहेका पहाडीलाई आफ्नै भुुगोलको जनताका पक्षमा उभिनसमेत सुझाएका थिए । आफ्नै गाउँका नेता कार्यकर्ताको मन भावना बुझ्न नसक्ने पहाडीलाई अबस्थाको सही विश्लेषणगरी सही ठाउँमा उभिनसमेत आग्रह गरेका छन् । उनले भने, पहाडीलाई तपाई हामीलेनंै मतदान गरेर निर्वाचित गराएका हौं, त्यसैले उहाँ हाम्रो आदरणीय नेता भएकाले भुुगोलको परिबेश अनुुसार नेकपाको मूल प्रवाहमा आउनका लागि आग्रह गर्दछुु ।

Image may contain: 5 people, people standing, outdoor and nature


फिक्कल गाउपालिकाले नेकपा टुुटफुट अन्त्यको सन्देश दिदै एउटा नमुुना एकताको कामसमेत गरेको बताए । फिक्कल गाउँपालिका नेकपा अझै सुुुदृढ र बलियो भएको समेत उनले बताए । हाम्रो एकताले प्रतिपक्ष कंग्रेसको पनि होस अझै तलझार्ने काम गरेको जिकिर गरेका छन् ।

Image may contain: 7 people, outdoor


यसैबीच नेकपा फिक्कलका अध्यक्ष रामप्रसाद भण्डारी पनि सत्तारुढ नेकपामैं रहेको घोषणा गरेकाछन् । नेकपा सिन्धुलीले फिक्कलगाउँपालिकाको खाङ्खसाङमाआयोजना गरेको सपथ ग्रहण कार्यक्रमको अध्यक्षतागर्दै गाउँकमिटी अध्यक्ष भण्डारीले आफु नेकपाको मूलप्रवाहमैं रहेको घोषणा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधनगर्दै नेता भण्डारीले फिक्कल नेकपा गुट फुट र विभाजनको पक्षमा नरहेको बताउँदै सबै नेता कार्यकर्ता एक ढिक्का भएर अगाडी प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले समृद्धिको ग्यारेन्टि अध्यक्ष केपी ओली नेतृत्वको नेकपाबाटै सम्भव भएको बताउँदै सिन्धुलीका अन्य स्थानीय निकायका पार्टी कमिटीका अध्यक्ष एवम् पदाधिकारीलाई गुट र टुुट फुुटबाट मुुक्तहुुदै अध्यक्ष ओली नेतृत्वको नेकपामा दृढ भएर उभिन अपील गरेका थिए ।
सचिवमा पहाडी
नेकपा फिक्कलगाउँ संगठन कमिटीको सचिवमा होमप्रसाद पहाडी (सम्भुु) लाई मनोनयन गरेको छ । तत्कालीन सचिव मुुरारी भण्डारीको जिम्मेवारी खोस्दै पहाडी लाई चयन गरेको हो । भण्डारी गुट र फुटको पक्षमा लागेको भन्दै उनको जिम्मेवारी खोसिएको कायक्रममा घोषणा गरिएको थियो ।
कांग्रेसबाट नेकपामा प्रबेश
आज फिक्कलमा भएको कार्यक्रमा नेपाली कांग्रेस परित्याग गरेर बिभिन्न ब्यक्तित्व नेकपा प्रबेस गरेका छन । नेकपाप्रवेस गर्नेहरुमा फिक्कलगाउँपालिका ५ का शान्तीमान भुजेल सोहि वडाका तारा रानामगर र फिक्कल ३ खोलागाउँका चेतकुमारी पहाडी र हेमबहादुर लामा रहेका छन । नवप्रवेसी सबैलाई प्रमुुख अतिथी शान्तीमान कार्कीले अबिर र टिका लगाएर स्वागत गरेका थिए । बलवीर भुजेल, फिक्कल

Image may contain: one or more people, outdoor and nature