नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा भएको प्रतिनिधीमण्डलले पार्टीको आधिकारिकता विवादमा संविधान, कानुन, ऐन र विधिको आधारमा निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
सोमबार ,नेपाल अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी र कृष्णभक्त पोखरेल लिखित पत्र लिएर आयोग पुगेका थिए ।
अध्यक्ष नेपालले केपी शर्मा ओलीलाई अध्यक्ष भनी सम्बोधन गरेको पत्र पठाएको र उक्त समूहले बुझाएको कागजपत्रलाई आधार बनाएको भन्दै आपत्ति जनाए । पार्टी विधान बमोजिम दुई तिहाइ बहुमत केन्द्रीय सदस्यहरुको बैठकले कारबाही गरिसकेको र त्यो जानकारी आयोगलाई दिइसकेपछि ओलीलाई कसरी अध्यक्ष भन्दै हुनुहुन्छ ? भन्ने नेपालले प्रश्न गरिएको बताए ।
‘तपाईंहरुले केका आधारबाट उहाँहरुले बुझाएको कागजपत्रहरु सहज रुपमा लिनुभयो ?’, नेपालले प्रश्न गरेका थिए । ओली समूहले ल्याएको पत्र अध्ययन नै नगरी दर्ता गरेकोमा नेपालले आपत्ति जनाएका थिए । ‘पार्टीको विधानले १० प्रतिशतभन्दा बढी मनोनयन गर्न नपाइने व्यवस्था गरेको छ, तर ११९९ सय सदस्यीय केन्द्रीय कमिटी बनाएको विवरण कसरी बुझ्नु भयो ?’, उनले प्रश्न गरेका थिए ।
जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने कानुनअनुसार, प्रक्रिया अगाडि बढाएको बताए ।











