अधिवेशन सुरु भएको नौ दिनमै राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ।
पुस १७ गते सुरु भएको अधिवेशन सरकारको सिफारिसमा आइतबार रातिदेखि अन्त्य हुने गरी राष्ट्रपति विद्यादेवि भण्डारीले निर्णय गरेकी हुन्।
आइतबार नै बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार भण्डारी नेपालको संविधानको धारा ९३ (२) अनुसार अन्त्य गरेकी हुन्।

दुई अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार सरकारले त्यसको अन्तिम दिन पुस १७ गते राष्ट्रियसभाको मात्र एकल अधिवेशन आह्वान गरेको थियो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि उनी चौतर्फी घेराबन्दीमा परेका छन्।
राष्ट्रियसभाको बैठकमा उक्त कमदको लगातार विरोध भएपछि ओलीले त्यसबाट बच्न चाँडै अधिवेशन अन्त्य गरेका हुन्। उनले आइतबार नै राष्ट्रियसभालाई सम्बोधन गर्दै आफ्नो कदमको बचाउ गरेका छन्।











