संसद्को तल्लो सदनको विघटनपछि दुई खेमामा बाँडिएको नेकपाका नेता वामदेव गौतमले पुनः एकताको सम्भावनाको चर्चा गरेपछि दुवै पक्षले ‘आत्मालोचना’ गर्नुपर्ने कुरा उठाएका छन्।
बिहीवार राष्ट्रियसभामा बोलेका गौतमले यतिखेर फेरि एकता गर्न सकिन्छ कि भनेर आफूलाई लागिरहेको बताउँदै त्यसका लागि एक्लै वा सङ्गठनात्मक संरचना गराएर जाने पक्षमा आफू रहेको बताएका थिए।
विघटन अगावै दाहालले पार्टीमा प्रस्तुत प्रस्तावलाई फिर्ता गरेर आत्मालोचना गर्नुपर्ने माग यसअघि नै ओली पक्षका नेताहरूले उठाउँदै त्यसपछि एकताको सम्भावना हुने अभिव्यक्तिहरू दिएका थिए।
उनीहरूले उक्त प्रस्तावलाई दाहालको ‘आरोपपत्र’ बताउने गरेका छन्।












