भोकमरीले यमनमा यतिसम्म गाँजेको छ, कि ७ वर्षका वालकको तौल ७ किलो मात्रै छ । उनको शरिर कंकालमा परिणत भएको छ । फैयद समिम नाका ती वालक कुपोषण र प्यारालाइसिसबाट ग्रस्त रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
वालक समिमको सास्थ्य अबस्था अत्यन्त चिन्ताजनक अबस्थामा छ र उनलाई आजमात्रै यमनको राजधानी सना स्थित एक सरकारी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । उक्त अस्पतालमा भर्ना गराउनका लागि उनको परिवारका सदस्यले हिंसाग्रस्त क्षेत्रको १७० कि.मी कच्ची सडक पार गरेर आइपुगेको समाचारमा जनाइएको छ । हिंसा ग्रस्त यमनमा कुपोषणमा पर्ने वालालिकाहरुको संख्या दिनदिनै बढेको छ भने समिमको परिवारजनले स्थानीय मानिसहरुसँग चन्दा उठाएर उनको उपचारका लागि रकम जम्मा गरेका थिए ।
सन २०१५ देखी युद्धको सामाना गरिरहेको यमनमा अमेरिकी समर्थित साउदी गठबन्धन सैनिकको चेपुवामा परेर पुरै देश तहस नहस हुने अबस्थामा पुगेको छ भने यस क्रममा १ लाख भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् ।
फोटो फिचरः




