सिन्धुली/नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल वागमती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीलाई सिन्धुली जिल्ला अध्यक्ष बनाउनका लागि कम्मर कसेर लागेको बिबरण बाहिर आएको छ ।
बिभाज पछी खत्री कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको माधव कुमार नेपाल र पुष्पकमल दाहाल पक्षको जिल्ला अध्यक्ष बनाएर लगेमात्रै पार्टी बन्ने र नभए पूर्व एमालेका एकजनापनि कार्यकर्ता ल्याउन नसक्ने निश्कर्ष निकालेका केन्द्रीय सदस्य गणेश पहाडी र स्थायी कमिटी सदस्य हरिवोल गजुरेल पनि पुगिसकेका छन् ।
समाचार स्रोतका अनुसार गजुरेल र पहाडी, अमर थापालगायतको समूह सिन्धुली जिल्लाको पार्टी नेतृत्व माधव नेपाल पक्षले गर्नु पर्ने र माओवादी पक्षलाई जिल्ला अध्यक्ष र इन्चार्ज दिंदा संगठननैं बन्न नसक्ने निश्कर्षमा पुगेका थिए । समाचार स्रोत अगाडि भन्छः त्यही विषयलाई लिएर नेता गजुरेल र पहाडीले अध्यक्ष पुष्पकमल दाहालसँग पनि कुरा गरिसकेको र त्यसमा उहाँ पनि सहमत भएकाछन् । यता प्रचण्ड पक्षधर नेता कार्यकर्ता भने नेपाल समूहलाई सिन्धुली जिल्लाको नेतृत्व दिन नहुने पक्षमा उभिएको छ ।
आफ्नै समूहभित्रैबाट केही समयदेखी शंकाको दृष्टिले हेरिएका नेता गजुरेलको नेपाल पक्षधरलाई जिल्ला अध्यक्ष बनाउने भूमिकालाई भने प्रचण्ड पक्षधर नेता कार्यकर्ताले रुचाएका छेनन् ।

यस अगाडि कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीलाई भेट्नको लागि पूर्व अर्थमन्त्री एवम् प्रधानमन्त्री ओलीका विश्वास पत्र सिन्धुलीमाडी स्थित घरमा नै आइपुगेर माधव प्रचण्ड समूहमा नलाग्न सुझाएकाछन ।
गृह जिल्ला झापा जानेक्रममा बिहान ११ बजे प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका (नेकपा ) अध्यक्ष नवनियुक्त अमेरिकी राजदूत एवम् पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मेयर खत्रीसंग कुराकानीका क्रममा सो कुरा बताएको बिबरणहरु बाहिर आएको छ ।
सत्तारुढ नेकपाको केन्द्रीय सदस्यसमेत रहेका खतिवडाले अहिलेको विषम परिस्थतिमा प्रचण्ड माधव समूहमा लागेर आफ्नो राजनैतिक भविश्य नसिध्याउन सुझाएको थाहा लागेको छ ।
खतिवडाले सिन्धुलीमाढीमा रहेको पानिट्याकीमा रहेको खत्रीकै निवासमा पुगेर भेटेका हुन । यस भेटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । आफ्न वडा सदस्य र मायाँ गर्ने नेता कार्यकर्ताहरुले तपाई अझै पनि कुनै समूहमा लागेर नखुल्नुस् भनेर सुझाएका बेला गत पुस १२ गते मेयर खत्री प्रचण्ड नेपाल समूहमा खुलेरै लागेका थिए । त्यसपछि उनीसँग जोडिएका नेता कार्यकर्ता चकित भएका थिए । अझें केही बिग्रिएको छैन, तपाई मौन बस्नुस् भनेर मेयर खत्रीलाई दबाब आइरहेका बेला पूर्व अर्गमन्त्री खतिवडासँगको कुराकानीले पूर्व माओवादी समुहमा भने आशंका पैदा गराएको छ ।्
काठमाडौबाट झापा हिडेका युवराज जिल्लाका ओलि निकट नेता तथा कार्यकर्तालाई जानकारी नै नदिई माधब नेपाल समुहका जिल्ला नेता खत्रीको घरमा पुगेका थिए ।
भेट सामान्य पारिवारिक भनिए ता पनि वान टु वान छलफल भएको स्रोतका स्रोतले बताएको छ । दुवै नेता विच गनिष्ट सम्बन्ध रहेको बुझिन्छ ।उनीहरु बिचमा पछिल्लो राजनीतिक घटनाको बारेमा पनि कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।










