तपाईहरु ढुक्क हुनुहोस्ः जहाँ केपी ओली त्यहाँ नेकपा र सूर्य चिन्ह रहन्छः इश्वर पोखरेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य इश्वर पोखरेलले चुनाव चिन्ह र पार्टीको आधिकारिता आफुहरुले पाउने कुरामा ढुक्क भएर अगाडि बढ्न सिन्धुलीका नेता कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् ।
बुधवार सिन्धुलीमा आयोजित नेता कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले जहाँ केपी ओली हुनुहुन्छ, त्यहाँ नेकपा र सूर्य चिन्ह पनि आउँछ । आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै पोखरेलले अब पुरानो एमाले र पुरानो एमाओवादी भन्ने पार्टी नरहने बताए ।

Image may contain: 3 people, people sitting

उनले अहिलेसम्म पनि पार्टी विभाजन नभएको र केही नेताहरुले चोइटिने प्रयत्न गरेको निश्कर्ष निकाल्दै उनीहरुको हालत विगतको नेकपा माक्र्सवादी, माले र माओवादीजस्तै हुने उद्घोष गरे । कार्यक्रममा नेकपा सिन्धुलीका जिल्ला इन्चार्ज विषमलाल अधिकारी, जिल्ला सचिव प्रदीप कटुवाल, केन्द्रीय सदस्यहरु उमादेवी कोइराला, शंकरनाथ शर्मा, केशव देवकोटा, शान्तिमान कार्की, सुवास देवकोटा, कमलामाई नगरइन्चार्ज महेन्द्रदेव श्रेष्ठ, उपमेयर मञ्जु देवकोटा लगायत सयौं कार्यकर्ताहरुको पस्थिति रहेको थियो ।

No description available.
No description available.