दुधौली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले सत्तारुढ नेकपा अर्थात प्रधानमन्त्री केपी ओलिको पक्षमा उभिने घोषणा गरेको छ ।
प्रधानमन्त्री ओलीले विदेशी षड्यन्त्रलाई असफल पार्दै ताजा जनादेश लिएर स्थायित्व र स्थिर सरकार निर्माण गर्ने उद्धेश्य लिएको भन्दै नगरकमिटीको बहुमत निर्णयबाट प्रधानमन्त्री ओलीको पक्षमा उभिएको खुलासा गरेका थिए ।
दुधौली नगर कमिटिका अध्यक्ष लक्ष्मण कार्कीले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाकै केहि नेताले निरन्तर सरकारलाई असहयोग र घेराबन्दि गरेको, पार्टी, संसदिय दलको निर्णय विना अविश्वासको प्रस्ताव ल्याउने षडयन्त्रका विरुद्ध उभिएका ओलीलाई साथ दिएरजाँदा मात्रै मुलुकले स्थिर सरकार पाउने बताएका थिए । पार्टी अध्यक्ष ओलीमाथि प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुले गरेको षडयन्त्रलाई असफल पार्दै ताजा जनादेशमा जान गरेको प्रधानमन्त्रिको निर्णयको पक्षमा उभिने उल्लेख गरेको देखिएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्रि समेत रहनु भएका केपि ओलिले नेतृत्व गरेको पार्टीको पक्षमा क्रियाशिल बन्ने दुधौलि नगर कमिटिको सचिवालय बैठकले निर्णय गरेको उहाँले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए । साथै नेकपा तर्फबाट विजयी दुधौली नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष एवम् वडासदस्य सवैले ओलिको पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए ।