आज देशभरको मौसम

पूर्व र पश्चिमको पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम शुक्रबार सामान्यतयता सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण केही स्थानका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने भएको हो ।

अहिले सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।