अवैध खेती गरेको ११२ बिघा गाँजा प्रहरीद्धारा नष्ट

सिन्धुलीको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अवैध रुपमा खेती गरेको ११२ बिघा गाजाँ प्रहरीले नष्ट गरेको छ ।

यस आर्थिक बर्षको श्रावण देखि हाल सम्म हरिहरपुरगढि गाउँपालिकाको क्यानेश्व र मरिण गाउँपालिकाको विभिन्न स्थानमा ११२ बिघा १ कठ्ठा १२ धुरमा खेती गरेको अबैध लागु औषत गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिएका छन ।

उनकाअनुसार लुकिछिपि अवैध रुपमा लगाएको गाँजालाई प्रहरीले दैनिक रुपमा फडानि तथा नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।