सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले बैंकहरुमा पत्राचार गरेका छन्।
एक बैँकका सिइओले पार्टीमा विवाद भएपछि छिनोफानो नभएसम्म खाता रोक्का गर्नु सामान्य प्रक्रिया नै रहेको जानकारी दिए।
पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाएका हुन्।
पार्टीका एक उच्च नेताले दुई दिनअघि नै बैँक खाता रोक्का गर्न बैँकहरुलाई पत्राचार गर्ने निर्णय भएको उल्लेख गरे। ‘पुस १२ गते नै पत्र पठाउने निर्णय भएको हो,’ ती नेताले देशसञ्चारसँग भने।











