चीनको पूर्वी क्षेत्रमा चक्कु आक्रमणमा कम्तिमा सातजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्धाधुन्ध चक्कु आक्रमणमा अरु सातजना घाइते भएको जनाइएको छ । लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा सो घटना भएको हो ।
प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तर आक्रमणको कारण भने खुलेको छैन ।
आक्रमणकारीले अन्धाधुन्ध रुपमा मानिहरुमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएका छन् ।