कागेश्वरी मनोहरास्थित सनसिटी अर्पामेन्टमा बस्ने एकै पिरवारका दुर्इ जनामा कोरोना संक्रमण देखिए पछि नमूना सङ्कलन गरी परीक्षणको काम भइरहेको छ ।
बुधवार २०० जनाको स्वाब सङ्कन गरी परीक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिए ।
उनका अनुसार अपाटमेन्टभित्र तीनवटा टेवुल राखी शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले उनीहरुको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको हो । त्यसमा आवश्यक समन्वय नगरपालिकाले गरिरहेको छ ।
अपाटमेन्टमा भित्र बस्ने एक हजार ८९ जना आफैं सम्पर्कमा आएका छन् भने बाँकी १२ सयदेखि १३ सय जना जति भएको अनुमान गरिएको छ । उनीहरु सबैको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी गरिएको छ ।