प्रचण्ड–नेपालसमूहका केन्द्रीय सदस्य र सांसदहरु निर्वाचन आयोग जाने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्नका लागि प्रचण्ड–नेपाल समूहमा रहेका सबै केन्द्रीय सदस्य तथा सांसदहरुसहित शुक्रबार निर्वाचन आयोग जाँदैछ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष बिहीबारको निर्णय अनुसार आफ्नो समूहका सम्पूर्ण केन्द्रीय सदस्य र सांसदसहित आयोग जाने तयारीमा छ ।

केन्द्रीय सदस्य तथा सांसदहरु माइतीघरमण्डलामा भेला भएर त्यहाँबाट निर्वाचन आयोग जाने छन्।

आफूहरुको पक्षमा बहुमत रहेको र आफूहरु नै आधिकारिक नेकपा रहेको देखाउनका लागि प्रचण्ड–नेपाल पक्षले यस्तो गर्न लागेको हो।