अपराधि र भ्रष्टाचारी घर-घरबाट भाग्ने वेला आयो: महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य महेश बस्नेतले  केपि शर्मा ओलीलाई बुहमत दिएर जनताले जिताएको र देश जनताको पक्षमा काम गर्न नदिएर घेराबन्दि गरेकाले ओलिले जनताको नासो जनतामा नै फिर्ता गरेको बताए ।

सिन्धुलीमाढीमा अनेरास्वियु र राष्ट्रिय युवासंले आयोजना गरेको वर्तमान परिस्थितिको निकास ताजा जनादेश कार्यक्रममा संबोधन गदै उहाँले अव अपराधि र भ्रष्टचारी घरघरबाट भाग्ने वेला आएको उल्लेख गरे ।

केपि शर्मा ओलि पक्षको नेकपा नै आधिकारीक भएको भन्दै नेकपा एमाले र नेकपामा कुनै भिन्नता नरहेको बताए । जनताको बुहदलिय जनबाद नै कार्यदिशा भएकाले दुविधा नभई ओलि निकटको पार्टीमा सामेल हुन आग्रह गरे ।

ओलीलाई अव सजाय दिनु परे पनि जनताले दिने र पुरस्कृत गर्न परे पनि जनताले गर्नु पर्ने उनको भनाई थियो । ओलिले दलालक‍ो हातमा देश नदिएर जनताले जस्लाई रुचाउँछन् उसलाई चुन्ने भएकाले निर्वाचनमा जानु लोकतनत्रको उपहास नभई दृढ विश्वास दिलाए ।

No description available.

संसद विघटन लोकतान्त्रिक विधिबाट नै भएको दावि गर्दै उहाँले बैशाखमा निर्वाचन हुने भएकाले तयारीमा लाग्न समेत आग्रह गरे । युवालाई रहर लाग्दो, भर लाग्दो र अपराधिहरुका लागि डरलाग्दो बन्न समेत आग्रह गरे । ओलि सरकारले गरेका कामको केही अपराधिक मानसिकता भएकाहरुले गलत ढंगले प्रचार गरेको भन्दै साइबर सेना निर्माण गरेर ओलि सरकारले गरेका राम्रा कामको प्रचार गर्न समेत आग्रह गरे । बोकाको टाउको राखेर सुगुरको मासु बेच्ने संसदिय प्रणली भएको भन्दै यसको विरुद्धमा रहेको माओवादी लोभ र पापका कारण आज पतनको बाटोमा अघि बढेको दाबीसमेत गरे ।

No description available.