सिन्धुलीको पार्टी कार्यालय ओली पक्षको कब्जा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको पार्टी कार्यालयमा ओली पक्षका नेताहरुले आज ताला लगाएको छ । राष्ट्रिय युवासंघ नेपाल सिन्धुलीका सह–संयोजक देवराज वाइवा र अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेलको नेतृत्वमा गएको टोलीले पार्टी कार्यालयमा ताला लगाएको हो ।

प्रधानमन्त्रि केपि शर्मा ओलीले संसद विघटनगरी मुलुकलाई मध्यवधि निर्बाचनमा लगेपछि पुष्पकमल दाहाल र माधवकुमारपक्षले नेपाललाई पार्टी अध्यक्ष घोषणा गरेपछि कार्यालयमा ताला लगाई कब्जा गरिएको सह–संयोजक वाईबाले बताए ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू सिन्धुलीले नेपाल पक्षका नेता कार्यकर्तालाई कार्यालय प्रवेशमा रोक लगाउदै पार्टी कार्यालयमा ताला लगाएको उल्लेख गरेकाछन् ।

पार्टीको हित विपरित माधवकुमार नेपालले छुट्टै अध्यक्ष भएको स्वघोषणा गरेपछि पार्टी विभाजन भएको भन्दै नेपाल पक्षका कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा निषेध गरिएको उनको भनाई थियो।