एकघण्टा लामो वार्तापछि बाहिए प्रधानमन्त्री ओली, प्रचण्ड निवासमा माधव नेपालको इन्ट्रि

Group of people working at a food factory doing quality control on the production line

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग करिव एक घण्टा वार्ता गरेर खुमलटार बाहिरिएका छन्।

ओली र प्रचण्डले र्वार्ता गरिरहेका बेला उपाध्यक्ष बामदेव गौतम पुगेका थिए । तीन नेताबिच खुमलटारमा वार्ता सिकएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पुगेका छन् ।

ओली र गाैतमसँगै बाहिरिएपछि अहिले प्रचण्ड र नेपालबिच खुमलटारमै छलफल गरिरहेको प्रचण्ड सचिवालयले जनाएको छ।