प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको छ।
दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ झण्डै डेढ घण्टा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। पछिल्लो समय नेकपाभित्र विवाद चुलिएका बेला ओली र प्रचण्डबीच भेट भएको हो।
सरकारले संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेको छ।











