मन्त्रिपरिषद्‌ले फिर्ता गरेन अध्यादेश

संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता लिने अनुमान गरिए पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले न यसबारे कुनै निर्णय गर्‍यो, न संसद बैठक बोलाउनेसम्बन्धी कुनै निर्णय नै।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको सहमति बमोजिम बिहीबारको मन्त्रिपरिषद्ले फिर्ता लिने अपेक्षा गरिए पनि बैठकमा यसबारे कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले अपेक्षा गरिएअनुसार संसदको हिउँदे अधिवेशनबारे पनि कुनै निर्णय गरेको छैन।