नेकपा स्थायी कमिटि बैठक बालुवाटारमा बस्दै, शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित हुने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज दिउँसो बस्दैछ ।

 गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

दिउँसो एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

केही दिन अगाडि पेरिसडाँडामा बसेको नेपाल दाहाल समूहको जिल्ला अध्यक्ष, सचिव एवम् इन्चार्जहरुको भेलामा नेपाल समूहका नेताहरुले पार्टी बिभाजनको तहमा आफुहरुले सहयोग नगर्ने बताएपछि प्रचण्ड नेपालको मनोबल कमजोर बन्न थालेको निश्कर्ष सहित आजको सचिवालय बैठकमा ओली उपस्थित हुने स्रोतको दाबी छ ।
पूर्व माओवादी संवद्ध स्थायी कमिटी सदस्य हरिवोर गजुरेल, रामवहादुर थापा, लेखराज भट्ट, नेपाल पक्षधर मानिएका धनश्याम भुसाल, योगेश भट्टराई पार्टीलाई फुटको संघारमा लैजाने कुनै पनि भेलामा सामेल नहुने बताउँदै पेरिसडाँडा भेलामा अनुपस्थित रहेर ओलीको साथमा रहेको जनाउ दिइसकेकाछन् । आज हुने स्थायी समिति बैठकमा स्थायी समिति सदस्य हरिवोल गजुरेल सहभागि नुहने र उनी आफ्नै गृह जिल्ला सिन्धुलीमैं बसिरहेका छन् ।
स्थायी समिति बैठकको बहुमतले अध्यक्ष ओलीलाई दुई मध्ये एक पद .त्याग गर्न दबाब दिने तयारीमा पुगेका कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले भनेजस्तो बहुमत नपुग्ने ओली पक्षमा एक स्थायि समिति सदस्यले बताए । उनका अनुसार अध्यक्ष प्रचण्डको आरोपपत्रका सन्दर्भमा अर्का अध्यक्ष ओलीले दिएको जवाफ आफैंमा सकारात्मक थियो । प्रचण्डको आरोपत्र जति कडा थियो, ओलीको भने त्यस्तो थिएन । विगतमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर ओलीले कमजोरी गरेका थिए, अहिले प्रचण्डले ओलीमाथिको फौजदारी अभियोग लगाएर कमजोरी गरेका छन्, त्यसैले यस पटक प्रचण्डले माफी मागेपछि मात्रै सबै समस्याको सामाधान हुन्छ, ती स्थायी समिति सदस्यले भने । पार्टीको स्थायी समितिमा मात्रै होइन अब संसदीय दलमासमेत पार्टी विभाजनको तयारी गर्ने प्रचण्डको अभियानलाई साथ दिने पक्षमा छैनन् । अहिले नेकपा विभाजन ओलीले होइन, प्रचण्ड कमरेडले गरिरहनु भएको छ, यो सबै प्रक्रियाबाट उहाँ पछाडि फर्कनैं पर्छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद चुलिएका बेला मंसिर २१ गते दुई पृष्ठ लामो पत्र पठाएर ओली अनुपस्थित भएका थिए ।

त्यो दिन बैठक केहीबेर मात्रै बसेको थियो । एक हप्ताको बिचमा विवाद समाधानको प्रयास स्वरुप अनौपचारिक छलफल भए पनि त्यसले ठोस प्रगति भने गर्न सकेको छैन ।