
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, उदयपुरमा १, ओखलढुंगामा २, खोटाङमा १, झापामा २४, धनकुटामा ३, मोरङमा ३७, संखुवासभामा ३, सुनसरीमा १७, धनुषामा ६, बारामा ३, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ३, सर्लाहीमा २, सिरहामा ५, काठमाडौँमा ४०२, काभ्रेमा २४, चितवनमा ३६, दोलखामा ५, धादिङमा ९, नुवाकोटमा ६, भक्तपुरमा ३४, मकवानपुरमा १६, रसुवामा २, रामेछापमा ९, ललितपुरमा १०५ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै सिन्धुलीमा १, कास्कीमा ४५, गोरखामा १०, तनहुँमा २, नवलपरासीपूर्वमा ५, पर्वतमा ३, मुस्ताङमा १, म्याग्दीमा १, लमजुङमा ९, बाग्लुङमा ४, स्याङ्जामा ६, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा १५, नवलपरासीमा ८, पाल्पामा १३, प्युठानमा २, बर्दियामा ६, बाँकेमा ३४, रुपन्देहीमा २४, रोल्पामा १, कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, रुकुमपश्चिममा ५, सल्यानमा २, सुर्खेतमा ४, अछाममा १९, कञ्चनपुरमा १५, कैलालीमा १५, डडेल्धुरामा ६, डोटीमा १, बझाङमा ३ र बैतडीमा ३ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४१ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै गत २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शुक्रबार १ हजार २ सय ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ।
गत २४ घण्टामा ७ हजार ४ सय १४ पीसीआर परीक्षण भएको छ। हाल देशभर १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय १९ जना क्वारेन्टिनमा छन्।
हाल देशभर ३१० जना कोरोना संक्रमितको आईसीयुमा र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।










