सत्तारुढ नेकपामा आन्तरिक संघर्ष चर्किरहेका बेला केही नेताहरु भने दुबै समूहलाई एकै ठाउँमा ल्याएर पार्टी एकतालाई जोगाउनु पर्छ भन्ने अभियानमा लागेका छन् । स्थायी समिति सदस्य हरिवोल गजुरेल, गृहमन्त्री रामवहादुर थापा, लेखराज भट्ट, घनश्याम भुसाललगायतका दोस्रो तहका नेताहरुले बिहिवार पेरिसडाँडामा भएको प्रचण्ड नेपाल समूहको भेलामा सामेल भएनन् ।
कुनै बेला कार्यकारी अध्यक्ष प्रचण्डका सबैभन्दा विश्वासपात्र भनेर चिनिएका गजुरेलसहितको एउटा समूह आपूर्तीमन्त्री लेखराज भट्टको निवासमा पार्टी एकता जोगाउने बारे छलफल गरिरहेका थिए । प्रचण्ड नेपाल समूहको भेलामा संलग्न हुन नेता गजुरेललाई पटक पटक फोन आएपनि उनले गुटगत भेलामा आफु संलग्न नहुने अडान लिएको समाचार स्रोतले बताएको छ । छलफलमा अध्यक्ष ओली र प्रचण्डका कमजोरीहरु बारे लामै छलफल भएको र दुवै अध्यक्षको कारण नेकपामा यस्तो गाइजात्रा भएको उनीहरुले निश्कर्ष निकालेका छन् ।
छलफलमा गजुरेलले भनेका थिएः खुमलटार जाँदा मैले दसौंचोटि प्रचण्डलाई भनेको छु, कमरेड, अरु सबै गर्नुहोस्, समीकरण नबनाउनुहोस् है । समीकरणले हातखुट्टा बाँधिन्छ र अन्तरसंघर्ष शत्रुतापूर्ण हुन्छ, पार्टीलाई विभाजनतर्फ लान्छ । समीकरणमा एउटाले अर्कोलाई सिध्याउने कुरा हुन्छ, आरोप प्रत्यारोपमा जान्छ र संघर्ष शत्रुतामा बदलिन्छ ।
मैले जे भनेको थिएँ, आखिर त्यही त भइरहेको छ । प्रचण्डले ७ जनाको समीकरण बनाएर ओलीलाई घेराबन्दीमा पार्न खोज्नुभयो, त्यसको जवाफमा ओलीजीले पाँच जनाको समीकरण बनाउनुभयो । एकले अर्कालाई घेराबन्दी गर्न समीकरण बनाउँदा पार्टीलाई अस्वस्थ्य बनाउँछ । तत्कालीन माओवादीको चुनवाङ बैठकमा कस्तो अवस्था थियो ? प्रचण्ड, बाबुराम, बादल रुवाबासी र अँगालो हालाहाल ? त्यसपछि एक ठाउँमा उभिएको होइन ? त्यो यहाँ हुन सक्दैन र ? हामीले त्यो वातावरण बनाउन सक्नुपर्छ ।
गजुरेलले अगाडि भनेका थिए, हामी जति कमजोरी गर्दै जान्छौं, अर्कोको मनोवल त उति नै बढ्दै गएको छ । दबिएका शक्तिको मनोवल बढ्दै गएको छ, आक्रोश र आवेग त्यहीँ व्यक्त भइरहेको छ । यसलाई उहाँहरु (ओली र प्रचण्ड) ले बुझ्नुपर्छ र सुधार्नुपर्छ । जति उपलब्धी भएका छन्, त्यो उहाँहरुकै कारण हो । तर, जति समस्या आएका छन्, त्यो पनि उहाँहरुकै कारण हो ।
ओलीललाई कारबाही गरेरै अगाडि बढ्न सुझाव
देशैभरका प्रचण्ड नेपाल समूहका इन्चार्ज, अध्यक्ष र सचिवहरु संंलग्न भएको पेरिसडाँडा भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीतालाई नियन्त्रण गर्न तथा अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने निर्णय गर्न नसके त्यसको हल केन्द्रीय समिति बैठकबाट खोज्न सुझाएका थिए । भेलामा संलग्न एक केन्द्रीय सदस्यका अनुसार पार्टी सचिवालय बैठकले ओलीलाई कारबाही गरेर अगाडि बढ्न नसके त्यसको हल गर्न केन्द्रीय समिति बैठक डाक्न सुझाएका थिए । भेलामा देशैभरबाट ठूलो संख्यामा उपस्थित भएका नेताहरुले विधीसम्मत तरिकाबाट अध्यक्ष ओलीललाई दुबै पदबाट हटाउने निश्कर्ष निकालेपछि हौसिएका अर्का अध्यक्ष प्रचण्डले पार्टीको अन्तरसंघर्षलाई केन्द्रीय कमिटी बैठकसम्म लैजान सहमत देखिएका थिए । छलफलमा सहभागी अर्का नेता नेपालले दुई अध्यक्ष ओली र प्रचण्ड मिलेर विगतमा आफुलाई पनि पेलेको स्मरण गराएका थिए । उनले भेलामा भनेका थिए, मैंले दुई अध्यक्षको मात्रै कुरा मिलेर हुँदैन पार्टी कमिटीमा छलफल हुनुपर्छ र त्यो कमिटीबाट अनुमोदन हुनुपर्छ । प्रचण्डलाई साथ दिंदै आएका नेपाललाई अझै पनि कतै प्रचण्डले विगतमाझैं फेरी धोका दिन्छन् कि ? भन्ने सन्देह कायम रहेको बताइन्छ र










