सौगातजंग र मेलिनाको “मैले माया गर्ने” सार्बजनिक

सिन्धुलीका युवा गायक सौगातजंग थापा र गायिका मेलिना राइको सुमधुर आवाजमा “मैले माया गर्ने” नयाँ गीत सामाजिक सञ्जाल युट्युव मार्फत सार्बजनिक भएको छ ।
“मैले माया गर्ने” बोलको गीतमा शब्द उत्तमकुमार वर्तौला र संगीत प्रशान्त पौडेलको रहेको छ । सार्वजनिक गरिएको भिडियोमा पछिल्लो समयका लोकप्रिय कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना छिन् । उक्त भिडियोलाई उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेका छन् । सो भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेको देखिएको छ ।