बैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

सरकारले लकडाउनको अवधी लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

नेपालमा कोरोना संक्रमति थपिदै गएको हुनाले लकडाउनको अवधी थपिएको एक मन्त्रीले बताए । उनको अनुसार वैशाख १८ गतेसम्म हवाई उडान पनि स्थगित गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरसको संक्रमण साम्य नहुञ्जेलसम्म नेपाल र भारतबीचका सीमामा थप कडाइ गरिने भएको छ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले सीमामा थप कडाइ गर्ने निर्णय गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लकडाउन वैशाख १८ गतेसम्म लम्ब्याउने निर्णय गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार नै लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरिसकेको छ।