नेकपाभित्रको विवादबीच नेताहरुसँग भेट गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरेकी छन्।
पूर्वमाओवादीका यी दुई प्रभावशाली नेताहरुसँग नेकपाभित्रको विवाद र पछिल्लो घटनाक्रमहरुबारे छलफल भएको स्रोतले जानकारी दिएको छ।
यस अगाडि प्रचण्डले प्रधानमन्त्री ओलीले कुनै अध्यादेश, संसद विघटन जस्ता ‘अप्रिय’ कदम चालेमा मुलुककै राष्ट्रपतिको हैसियतमा त्यसलाई साथ नदिन गरेको आग्रहमा राष्ट्रपति भण्डारीको ओलीको कदममा साथ दिनु पर्ने प्रतिक्रिया दिएकी थिइन् ।
राष्ट्रपति भण्डारीले बिहीबार साँझ प्रचण्डसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीसँग करिव दुई घण्टा छलफल गरेका थिए।
पछिल्लो समयमा राष्ट्रपति भण्डारीले नेकपाका शीर्ष नेताहरुसँग भेटी प्रधानमन्त्री ओलीलाई सघाउन आग्रह गर्दै आएको बुझिएको छ।











