चीनको रोबोटिक च्याङ्ग’इ–५ले पठायो चन्द्रमाको रंगीन तस्बिर

चीनको रोबोटिक च्याङ्ग’इ–५ मिसनले चन्द्रको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर चिखेर पठाएको  उल्लेख गरेको छ।

चन्द्रमाबाट त्‍यहा वरपर रहेकोको ढुंगा र माटो पृथ्वीमा ल्याउने अभियानमा जुटेको चीन गत मंगलबार २४ नोभेम्बर राति चन्द्रमाको सहतमा अवतरण गरेको थियो।

त्यहाँ ओर्लेपछि च्याङ्ग’इ–५ले चन्द्रमा सतहबाट नमूना संकलन गर्ने काम थालिसकेको छ। संकलित ती नमूनाहरु रिटर्न मोड्युलसम्‍म पुर्‍याउने काम भने बिहीबारदेखि सुरु गर्ने चिनियाँ राष्ट्रिय स्पेस प्रशासन (सीएनएसए)ले जनाएको छ।

च्याङ्ग’इ–५ले केही दिनसम्‍म यही काम गरेपनि पछि उक्त नमूनालाई चन्द्रको कक्षमा रहेको सर्भिस भिकल तथा रिटर्न मोड्‍युलसम्‍म पुर्‍याउनेछ, जसले उक्त नमूनालाई पृथ्वीमा पठाउनेछ।

उक्त योजना अनुसार रिटर्न मोड्‍यूल मंगोलियाको भित्री इलाकाको सिजिवाङको घाँसे मैदानमा अवररतण गर्न सक्‍ने सीएनएसए)ले जनाएको छ।

च्याङ्ग’इ–५ मिशन अघि चीनले दुई अन्‍य मून मिसन पठाएको थियो। सन् २०१३ मा च्याङ्ग-इ–३ र सन् २०१९मा च्याङ्ग’इ–४ मुन मिसन। यी दुवैमा एउटा ल्‍याण्डरका साथ-साथै एउटा सानो मून रोबर समावेश गरिएको थियो।

तर च्याङ्ग’इ–५ मिसन यी दुवैभन्दा निकै जटिल मिसन हो ।

करीब ८.२ टन तौल रहेको यो च्याङ्ग’इ–५लाई एउटा अन्तरिक्षयानको माध्‍यमबाट २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचाङ स्टेशनबाट प्रक्षेपण गरिएको थियो।