भन्सार छली गरेर ल्याइएको १० लाख बढीको सामान धनुषा प्रहरीको नियन्त्रणमा

धनुषा प्रहरीले १० लाख भन्दा बढीको सामानहरु नियन्त्रणमा लिएको छ।

विभिन्न समयमा भारतबाट भन्सार छलि गरी ल्याएको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका कार्यालयबाट खटेको गस्ती टोलिले २ वटा मोटरसाइकल, मटर, खेसारीको दाल, धनिया तथा साउण्ड सर्बिस लगायतका १० लाख ४७ हजार ५ सय मुल्य बराबरको समान नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।