सिन्धुलीका एक सय भन्दा बढी कांग्रेस कार्यकर्ताहरु नेकपामा प्रवेश


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रको बिवादले देशैभरका नेकपाका कार्यकर्तामा निराशा छाएका बेला सिन्धुली नेकपाले भने सबैलाई सन्देश दिनेगरी कार्यक्रम गरिरहेको छ । यसै क्रममा नेकपा सिन्धुली जिल्ला स)गठन समितिको निर्देशनमा नेकपा हरिहरपुरगढी गाउँपालिकाले क्यानेश्वरमा एक कार्यक्रमको आयोजना गरी पार्टी र संगठनलाई बलियो बनाउने अभियान प्रारंभ गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका गाउँकमिटी सचिवसहित १ सय भन्दा बढी कार्यकर्ता नेकपामा प्रवेश गरेकाछन् । नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष राजन दाहालको प्रमुख आतिथ्यतलाामा भएको कार्यक्रममा ठूलो संख्यामा स्थानीय कांग्रेस नेता कार्यकतादार्ह नेकपामा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई प्रमुख अतिथि दाहाल, जिल्ला सचिव प्रदीप कटुवाल, स्कुल विभाग प्रमुख ज्वाला न्यौपाने पुकार र संगठन विभाग प्रमुख सूर्य पाख्रिनले अविर र खादा लाई नेकपामा स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरुमा भुवनेश्वर मैनाली, नरेन्द्र मैनाली, सोमवहादुर खड्का, सुन्तली खड्का, गणेश भट्टराई, राजु खरेल, सुजन थापा, टिकाप्रसाद चौलागाई लगायत एक सयबढी रहेका छन् ।

No description available.

पार्टी विभाजनको संघारमा पुगेका बेला नेकपा सिन्धुलीले गरेको पार्टी प्रवेश कार्यक्रमलाई देशैभरका पार्टी नेतृत्वले अनुशरण गर्नुपर्ने स्थानीय पार्टी सदस्यहरुको भनाई थियो ।

No description available.
पार्टी प्रवेश कार्यक्रमपछि नव प्रवेशीहरुका साथ सामुहिक तस्विर खिच्दै नेकपा सिन्धुलीका नेताहरु । फोटोः पुकार न्यौपाने ।