कसैले भन्दैमा ओलीले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजिनामा दिनुहुन्नः प्रदीप कटुवाल

प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सचिव प्रदीप कटुवालले एक कार्यक्रमका बीच तीनपाटन गाउँपालिकाको लाम्पनटारमा निर्माणसम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र समुदायलाई हस्तान्तरण गरेका छन् ।

नेपाल सरकारको एक वडा एक अस्पताल कार्यक्रम अन्र्तगत निर्माण सम्पन्न भएको भवनको गाउँपालिकाद्धारा आयोजित कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।तीनपाटन गाउँपालिका ११ का वडा अध्यक्ष हितलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पदममायाँ तामांग, नेकपा तीनपाटन गाउँकमिटी अध्यक्ष छत्र दाहाल, प्रमुख प्रशासकिय अधिकृत विणुप्रसाद सुवेदीलगायतको उपस्थिति थियो ।


प्रमुख अतिथीको रुपमा बोल्दै सभासद कटुवालले सरकार सम्वृद्धिको यात्रातर्फ अगाडि बढिरहेको र पार्टी भित्रको आन्तरिक संघर्षले जनताको विकास र जनस्वास्थ्यमा कुनै पनि असर नगर्ने बताए । उनले कुनै पनि अबस्थामा नेकपा बिभाजन नहुने बताउँदै कसैले चाहँदैमा केपी ओली नेतृत्वको सरकार नढल्ने र पार्टी अध्यक्षबाट कसैले भन्दैमा अध्यक्ष पदबाट राजिनामा नदिने प्रष्ट पारेका थिए ।