हेलिकप्टरमा चिल ठोक्कियाे, सबै जना सकुशल

कैलाश एयरको हेलिकप्टरमा चिल ठोक्किएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हेलिकप्टरमा पाइलटसहित ६ जना थिए। सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ।

पाँच जना यात्रुलाई अर्को हेलिकप्टरबाट काठमाडौँ लगिएको र पाइलट बेलकोटमै रहेको नुवाकोट प्रहरीले जानकारी दियो।

हेलिकप्टर बागलुङबाट काठमाडौँतर्फ आउँदै गर्दा चिल ठोक्किएको हो।